विराटनगर, मंसिर १० गते । धनपालथान गाउँपालिका वडा नं. नयाँ टोलको एक गोठवाट अबैद्ध रुपमा भारतवाट भन्सार छली ल्याएका आलु, प्याज र लसुन प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँ बस्ने सिताराम सिहंको घर छेउमा रहेको ग्वाली टहरामा भारत बाट नेपाल तर्फ अबैध रुपमा आलु, प्याज र लसुन ल्याई लुकाई छिपाई राखेको भन्ने सुचना आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आलु २१ बोरा अर्थात (१ ह्जार ५० के.जी.), प्याज ७ बोरा अर्थात (३ सय ५० के.जी.) र लसुन ३ बोरा (१ एक ५० के.जी.) गरि अन्दाजी मुल्य एक लाख पैतालिस हजार बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]