मोरङ ,मंसिर १० गते । मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन ।
यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।
घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा स्ट्रील वाटर फर इनजेक्सन ४सय ४८ पिस, डोक्सीक्लीन ४ सय २१ पिस, एम परसोल ४० इन्जेक्सन ३ सय ५० पिस, न्योपरेट ५ एमएल २ सय पिस, ओकेरोन १ सय ५६ पिस, सुकोलसुसिलयल कोलिन १ सय पिस लगायतका प्रतिवन्धित औषधीहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसरी बरामद गरिएको प्रतिवन्धित औषधीहरु र पक्राउ परेका नरेश यादव समेतलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने तर्फ आवश्यक कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]