मोरङ, कार्तिक २२ गते । मोरङका छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
शुक्रवार उर्लावारी नगरपालिका वडा नंं ९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी मोरङकै पथरीशनिश्चरे नगरपालिका ८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी गाउँपालिका वडा नंं ८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । शुक्रवार पथरीशनिश्चरे गाउँपालिका वडा नंं ८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]