श्याम सुन्दर सु्तिहार
विराटनगर, कार्तिक २० गते । प्रदेश नंं. १ को जहदा गाउँपालिका वडा नं. ३ बनर खोखिया टोलमा एक बालकको टाउँकोमा गजानन्द (हात्तीको) टाउँको जस्तो देखिएको १३ वर्षको सुरज राजवंशीको बुवा–आमाको आर्थिक अवस्था कम्जोेर भएकै कारण उपचारको पर्खाईमा रहेको छ ।
महेन्द्र आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यनरत सुरज पढाई, चित्रकला र मादल बजाउमा अब्बल रहेको छ तर पनि अहिले सम्म सुरजको टाउँका माथिको भागमा रहेको पाँचवटा डल्लोको वारेमा नत टोलमा भएको स्यम सेवीका र नता शिक्षकहरुले नै चाँसो नदिएकै कारण सुरजको उमेर बढेसंगै टाँउकाको डल्लो पनि बढी रहेको छ ।

सुरजको परिवारमा बुवा अवधनाराण्ण राजवंशी बाबा जुटमिलमा मजदुरी गर्दछ भने आमा इट्टा भट्टमा मजदुरी गरी घर परिवार चलाई रहेका छन् । सुरजको हजुर बुवा विगत ७÷८ वर्ष देखि लखुवा (पेरालाईसीस) भएर घरमै बसेको छ भने दादी त्यसैको सिहार सुसारमा दिन विताउँछ । सुरजको एक दिदी पनि रहेको छ ।
आमा लहसनिया देवी राजबंशी भन्छिन् ‘सुरज जन्मिए देख नै टाउँकोमा पाँचवटा डल्लो देखिएको थियो । त्यसै वेला सुरजलाई निमुनिया लागेको डाक्टरलाई देउँदा सवै ठीकै छ भने पछि अरु कही उपचारको लागि उनले लगिनन् जसको परिनाम सुरज संग–संगै टाँउको डल्लो पनि बढी रहेको छ । छोरालाई केही समस्या त देखिएको छैन तर समाजले छोरालाई पाँच टाउँके, हात्ती टाँउके भनेर हैरान पारेका छन् ।’


वहांको भनाई छ एक त आर्थिक अवस्था कमजोर छ र छोरोलाई पनि कुनै समस्या नभएकोले उपचारको लागि कही लगेको छैन तर छोराको उमेर संगै टाँउको डल्लो बढेकोले उपचारको लागि लान्छु तर त्यसको लागि सहयोगी हातहरु भए मात्र मेरो छोराको उपचार सम्भव छ ।
हरेक गाउँपालिकाहरुको वडा–वडामा स्वय सेविका नियुक्त गरेका हुन्छन् । स्वयम सेविकाले हरेक बालबालिको स्वास्थ्यको वारेमा वडालाई र गाउँपालिकालाई जानकारी गराउँनु पर्छ तर १३ वर्ष विति सक्दा पनि यसबारेमा नत स्वयम सेविका र नत विद्यालयको शिक्षकहरुले चासो नलिनु विडम्बना भएको छ । त्यस्तो स्वम सेविका र शिक्षकलाई राज्यले कारवाही गर्ने कि नगर्ने ?
स्थानीय समाजिक अभियन्ता टिका विसुन्खे र जगरनाथ राय भन्छन ‘ हामै्र गाउँ ठाउँको सुरजको बारेमा हामीलाई थाहा थिएन, कलाकार विष्ण्ुा राजवंशीले सुरजको भिडियो समाजिक संजालमा हाले पछि थाहा पाएको हुँ । परिवारले उपचारको लागि अगाडी बढे उपचारमा लाग्ने खर्च जुटाउँछौ बताउँदै यस बारेमा वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष समेत संग छलफल गर्ने वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]