मुकेश कुमार यादव
विराटनगर, कार्तिक १४ गते । मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी वडा नं. १२ बस्ने दयावल तिवारी १ सय एम एल को ३८ बोतल कोडिन, नाईट्रोजम ३ सय ८३ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन १ सय ४१ ट्याब्लेट लागुऔषध सहित पक्राउ परेका हुन् ।
त्यसैगरी बिराटनगर महानगरपालिका वडा न.ं १६ हुलास चोकबाट धरान उपमहानगर पालिका वडा नंं १५ को बिबेक बि.क. डाईजेल्याब ३ एम्पुल र लुपिजेसिक ३ एम्पुल सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्मबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]