दाङ, कार्तिक ११ गते । भान्जाको विवाहको भोज खान गएका मामाको हात खुट्टा काटिएको अवस्थामा फेला परेको छ ।
घटनाको विवरण अनुसार दाङका ४५ वर्षीय कुमार बिक हात खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नंं ११ का बिक गोलौरीमा गम्भीर अवस्थामा फेला परेका हुन् ।
इप्रका तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले बिकको बायाँ खुट्टा छिनेको र दुबै हातमा पनि गम्भीर चोट लागेको जानकारी दिए ।
प्रहरीले उनको उद्दार गरेर अस्पताल लगेको थियो । राप्ती प्रादेशिक अस्पतालले उनलाई राति नै रेफर गरेको छ । आक्रमणकारीको खोजी सुरु गरिएको डिएसपी सिंहले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]