विराटनगर, असोज २९ गते । दशै, तिहार र छठपर्वको आएसंगै भारतवाट करछली गरी ल्याएका लत्ताकपडा, रजनीगन्धा, तुलसी र कस्मेटिक समानहरु बरामद गरी छुट्टा–छुट्टै स्थानवाट दुई जनालाई प्रहरीले पक्रउ गरेका छन् ।
वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर उपमहानगर पालिका वडा नं. ९ महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली गरी प्रदेश नं. १(०२(००२ ह ८६२१ नं. को अटो टेम्पुमा राखी नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ पारीजात टोल बस्ने बर्ष १८ को अविनास साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।
त्यसैगरी मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर छेउमा भारतको जोगवनीबाट नेपालतर्फ को २ प १७१४ नं. को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामान सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ सुडी वस्ती बस्ने बर्ष १८ को भोला चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङ तथा सीआरभी जतुवा बाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]