विराटनर, असोज २२ गते । जिल्ला अदालत मोरङवाट सजाय र जरीवाना तोकिएका लागुऔषधका फरार अपराधी ५ वर्षपछि पक्राउ परेको छ ।
२०७३ साल अषाढ ३ गते फैसलाले १८ दिन कैद र रु. २ हजार जरिवाना भएका लागूऔषध मुद्दामा (डाईलेक्स डिसी ४ बोतल) हालसम्म फरार रहेका जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३७ को राजू पासमानलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले २१ गते बुधवार पक्राउ गरेको हो ।
बिराटनगर महानगरपालिका वडा नं. १५ स्थित भट्टीमोड चोकबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]