विराटनगर, असोज २२ गते । झापा र सुनसरी जिल्लाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।
भारत घर भई झापाको बिर्तामोड नगरपालिका वडा नं. ९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । बुधवार रायलाई बिर्तामोड सैनिकमोडबाट ६ ग्राम ५ सय मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसै गरी सुनसरी ईटहरी इटहरी उपमहानगर पालिका वडा नं. ५ का २३ बर्षीय प्रविण राई खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । राईलाई पनि बुधवार बजे इटहरी स्थित एक खाजा घर होटलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
राईलाई नियन्त्रणमा लिएसंगै चेकजाँच गर्दै उनको कोठा समेतमा खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राईको साथबाट नगद १ लाख ५० हजार समेत फेला पारी बरामद गरिएको छ । विशेष सुराकका आधारमा खिएको प्रहरी टोलीले राय र राईलाइ खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर क्रमश ईलाका प्रहरी कार्यालय अनारमनी झापा र ईलाका प्रहरी कार्यालय ईटहरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]