सुनसरी, असोज १८ गते । सुनसरीको ईनरुवा नगरपालिका वडा नं. ३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी दुहबी दुहवी नगरपालिका वडा नं. १० का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर गाउँपालिका वडा नं. ६ का ३४ बर्षीय सहिद मिया रहेका छन । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई शनिवार नियन्त्रणमा लिएको हो ।
नियन्त्रण पश्चात उनिहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १ सय ४० बोतल डाइलेक्स डीसी ३ हजार ९ सय ६० क्याप्सुल, एसपासमो प्रोक्सीभोन र १ हजार ३ तीन ५० निटरा भेट ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसै गरी सुनसरीकै कोशी गाँउपालिका वडा नं. ३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषध सहित पक्राउ परेका छन । विशेष सुराकका आधारमा उनलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियालाइ पक्राउ गरिएसंगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल डाइलेक्स डीसी र ३ सय २८ क्याप्सुल एसपासमो प्रोक्सीभोन फेला बारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]