काठमाण्डौ, असोज, १७ गते । नेपाल सरकारले केह िपहत्वपूण राजनीतिक नियुक्ति र नेकपा पार्टीको विषयलाई लिएर बोलाईएको बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा स्थगित गरिएको छ ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले बैठक आइतबार बस्ने तर समय भने निर्धारण भइनसकेको जानकारी दिए । सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको बताइएको छ । सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो ।
त्यसैगरी मन्त्रिपरिषद पुर्णगठन र विस्तार समन्धा पनि दुई अध्यक्षबीच कुराकानी मिल्न सकेको छैन । केही दिनयता दुई अध्यक्षबीच निरन्तर छलफल भईरहेपनि सहमति भने जुट्न सकेको छ्रैन ।
यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]