विराटनगर, असोज १५ गते, हालै भारतको उत्तर प्रदेशमा भएको एक युवतीको बालात्कार पछि गरिएको निर्मम हत्याको विषयलाई लिएर सिमाक्षेत्रमा विरोध प्रदर्शन भईरहको छ ।
उत्तर प्रदेशमा बढेको अत्याचार र महिलाहरुको सुरक्षा प्रति सरकारको दोहरो रवैयाको विरोध गर्दै हाथरसमा मनीषा बाल्मीकि माथि भएको बालात्कार पछि हत्याको विरोध गर्दै विहार यूथ आर्गेनाइजेशनले स्टेशन चौक फार्विसगंजमा श्रद्धाञ्जली सभाको आयोजना गरी घटनामा संलग्नलाई फाँसीको सजाय दिन माग गरेको छ ।
संगठनको प्रदेश सचीव राशिद जुनैले भने सामुहिक बालात्कार नयां इण्डियामा आम बात भई सकेकोक छ लेकिन एक जिन्दा दिल, सभ्य समाजले त्यसको विरोध गर्नु पर्छ । १९ वर्षको यूवतीलाई चार जना मिलेर सामुहिक वालात्कार गरी हत्या गरिएको थियो ।


बालात्कार पछि युवतीको ढाडको हड्डी भाचिदियो जसले गर्दा ज्यूदो रहेपनि हिन्न नसकोस । जिब्रो काटि दियो जसले गर्दा बोल्न नसकोस त्यस पछि दोपट्टा लिएर घाँटी थिचेर मार्न कोशिष गरियो तर पनि १५ दिन सम्म ज्युदो रही भाईलाई केही भन्न इशारा गरी रहियो । तर अन्तमा बाल्मीकीको मृत्यु भयो ।
सोही घटनालाई लिएर संगठनले सामाजिक कार्यकता, बुद्धिजीवी लगायतको साथ लिएर विरोध सभाको आयोजना गरी एक मिट मौन धारण गर्दै श्रद्धाञ्जली दिदै दोषीहरुलाई फाँसीको सजाय दिन माग गरेका छ ।
कार्यक्रम कोडिनेटर अरमान जट्टले भन्यो बालात्कार घटनाको निन्दा गर्दै भारतमा अजादी आएको ७० साल भएपनि हाम्रो छोरी, बुहारी, बहिनी सुरक्षित छैन । त्यसैले दोषीलाई फाँसीको सजाय दिई घटनालाई गम्भिरता पुर्वक लिन आग्रह गरेका थिए ।
संगठनको अध्यक्ष रेन्सी शमसाद अंसारी सामुहिक वालात्कार त्यसपछि हत्या हाम्रो देशमा मात्रै होईन विदेशमा पनि भई रहेको छ । त्यसैले यस्तो जघन्य अपराधमा संलग्नलाई कठोर भन्दा कठोर सजाय दिई कडा कानुन बनाउनु पर्छ । जसले गर्दा त्यस्तो दुष्कर्म गर्नुभन्दा पहिले हजारौ पटक सोच्न वाध्य होस ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]