विराटनगर, असोज १३ गते । उर्लावारी नगरपालिका वडा नं. ७ मा रहेको एक होटल संचालको कुटपीटवाट एक जनाको मृत्यु भएको छ ।
घटनाको विवरण अनुसार भारत घर भई हाल उर्लाबारी वडा नं. ७ स्थितमा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको हो । मल्लिकलाई होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गत आईताबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनी विच बादविबाद हुँदा गोपालले एक्कासी उनलाइ कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए ।
वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगी उपचार गराईरहेकोमा उपचारकै क्रममा उनको आज मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यता कुटपिट गर्ने होटल संचालक गोपाल तामाङ लाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]