विराटनगर, असोज १२ गते । जबर जस्ती करणी मुद्दाका चार जना प्रतिवादी मध्ये दुई जनालाई पहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मोरंग विराटनगर महानग पालिका वडा नं. ८ का मोहमद सहिद मियाँ र मोहमद असलम मियाँलाई जिल्ला प्रहरी कार्यालय मोरंग बाट खटिएको प्रहरीले असोज ११ गते पक्राउ गरेको हो ।
अन्य दुई प्रतिवादी माहमद फारुक मियाँ र मोहमद हसरत मियां अहिले सम्म फरार रहेको छ । ती चारै जना प्रतिवादीले वर्ष ३३ र २२ की महिलालाई २०७६ साल मंसिर ५ गते जवरजस्ती करणी गरी फरार भएको थियो ।
मिति २०७६।०८।०५ गते राती अन्दाजी २१ः०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष २० को मोहमद सहिद मिया, ऐऐ बस्ने बर्ष २५ को मोहमद असलम मिया, ऐऐ बस्ने बर्ष २२ को मोहमद फारूक मिया र ऐऐ बस्ने बर्ष २० को मोहमद हसरत मिया समेतले जिल्ला मोरङ बर्ष ३३ की सांकेतिक नाम विराटनगर महानगरपालिका वडा नं. ८ सुकुम्बासी टोलबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]