झापा, असोज १० गते । झापाको अर्जुनधारा वडा नं. ५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन । बिहान उनिहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको थियो ।
सोको सूचना स्थानीयले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि तत्कालै प्रहरी टोली खटि गई तिनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।
त्यसै गरी उनिहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]