विराटनगर, असोज १० गते । दश वर्ष देखि ग्रामथान गाउँपालिका वडा नं. ४ लोहन्द्रा खोला छेउमा तरकारी खेतमा प्रदेश नंं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय कुमार विश्वासलाई देखेपछि कृषकहरु खुशीले विभोर भएका थिए ।
राज्यमन्त्री विश्वासले असोज ८ गते विहीवारका दिन झिम–पानी परि रहेकै वेला १ किलो मिटर टाढै गाडी राखेर हिन्दै किसानको खेतमा पुगी तरकारी खेतको अनुगमन गरेका थिए । लोहन्द्र छेउपा करीब १० विगहा जग्गामा १० वर्ष देखि हरियो तरकारीका खेती लगाउँदै आएका विनटोलका किसानहरुले हरियो तरकारीको बजारी करण, कृषिमा सरकारी सहयोग, उत्पादनलाई बजार सम्म प¥याउन बाटो र लोहन्द्रा कटानले कृषकहरुलाई हुने क्षति लगिायतका समस्यालाई प्रदेश सरकारवाट सम्बोधन गराउने उदेश्यले सोही ठाउँका अगुवाहरुले मन्त्री विश्वासलाई तरकारी खेती अनुगमन गराएको हो ।
तरकारी खेती अनुगमण गरेपछि राज्य मन्त्री विश्वासले भने ‘कृषकहरको मेहनत हेरेर म खुशी भएको छु तर कृषकहरुले यस्तो मेहनत गरेर हरियो तरकारी उत्पादन गरि रहेका छन् तर राज्यको तर्फवाट अहिले सम्म कुनै किसिमको सहयोग नपाएकोमा दुःखी पनि भएको छु’


त्यसैगरी वहांले भन्नु भयो यस क्षेत्रमा वाटो घाटोको समस्या, सिचाईको समस्या, लोहन्द्रा नदी कटानको समस्या, कृषि खेतीको लागि कृषि औजारको समस्या, रहेको छ । ती समस्याको समाधानका लागि कृषि मन्त्रीसंग कुरा गरी पहल गर्ने प्रतिवद्धता जनाउँदै कृषि मन्त्रीलाई समेत यस क्षेत्रको अनुगमन गराउँने कृषकहरुसंग बाँचा गरेको छ ।
तरकारी खेती गर्ने कृषकहरु अशेश्वर महतो विन, विशेश्वर महतो विन, संतोष सिंह, रामचन्द्र मण्डल विनले लौका, घेरा, खुर्सानी, बोडी, पड्व, भिण्डी, कैथा, काकरा, लगायतका हरियो सांग सब्जीहरु लगाउँ जीविकका उपार्जन गरि रहेका छन् ।
सुकुम्वासी रहेका ती किसानहरुले तरकारी वाली लगाएरै त्यसवाट भएको आम्दानीले तीनीहरु जग्गा धनी बनी सकेका छन् । ती कृषकहरुका तरकारी खेती गर्नका लागि कृषि बाटो, कृषि प्रवद्र्धनका लागि कृषि औजार, विउ, विजन, खादमल लगायत सरकारी अनुदानको व्यवस्था मिलाई दिन कृषकहरु राज्य मन्त्री विश्वास समक्ष आग्रह गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]