झापा, असोज ९ गते । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बसपार्क र बिर्तामोड भगवान चोकबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिर्तामोड–३ को बिशाल राजवंशी र सोही स्थानका नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड–२ को प्रदिप राजवंशी रहेका छन । बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ । बिशेष सुराकका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]