उदयपुर, असोज ८ गते । उदयपुरको त्रियुगा नगरपालिक वडा नं. २ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन ।
बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनिहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । यसै गरी उनिहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।
लागु औषध सहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिकाका १२ को रजामुदिन अन्सारी, मिलन बिश्वकर्मा, सागर पौडेल, शिब अधिकारी, बिशाल मगर र दिलिप घिमिरे रहेका छन ।


त्यस्तै उनिहरुलाई पक्राउ गरिएसंगै अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीलेनै उदयपुर त्रियुगा नगरपालिका वडा नं. ६ लालपत्ताबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमको प्रबेश मिया र हजारुम खातुन रहेका छन । उनिहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ । प्रहरीले उनिहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]