बारा, असोज ७ गते । सिमरौनगढ नगरपालिका वडा नं. ९ बसवरियामा चोरीको मोबाईल खरीद विक्रीमा नक्कली नोटको प्रयोग भएको खुल्न आएको छ ।
विशेष सूचनाका आधरामा खटिएको प्रहरी टोलीले सोही स्थानमा पुगी चेकजाँच गर्दा बारागढी गाउँपालिका वडा नं. ५ सिघासनीको बलिराम चौधरीले प्रयोग गरेको बा ६४ प ९७०६ नं. को मोटर साईकलमा सवार भारत विहार मोतिहारी जिल्लाका संदिप कुमारलाई रोकी चेकजाँच गर्दा सो नक्कली नोट फेला परेका हो ।
कुमारले बोकेको पहेलो रंगको प्लाष्टिक झोला भित्र १ हजारको नोट १२ सय ४६ वटा अर्थात १२ लाख १६ हजार फेलापारेको जिल्ला प्रहरीकार्यालय बाराले जानकारी गराएको छ ।
बरामद गरीएका नोटहरु नक्कली भएको अनुसन्धानवाट खुलेको छ । ३० थान मोबाईल विक्री गरेवापत सो रकम प्रप्त भएको छ । नक्कली नोट दिई मोबाईल लिएर फरार भएको व्यक्तिहरुको खोजी भई वरहेको र पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]