गजुरी, असोज ७ गते । धादिङको गुजुरी गाउँपालिका वडा नं ५ गलौदीमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पहिरोमा च्यापिएको छ ।
पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएको ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । राजमार्ग पूर्ण रुपमा अवरुद्द भएकाले सडक विभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ। राजमार्ग खुलाउन १ घन्टाभन्दा बढी लाग्ने प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
यता नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बाँदरेभीरमा लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]