विराटनगर, असोज ६ गते । नेपाल टेलिकमको तार चोरी गर्ने चार जना लाई प्रहरीले पक्राउ गरको छ ।
विराटनगर महानगरपालिका वडा नं.४ स्थित जामुनगाछीबाट चारै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगर पालिका वडा नं. ६ को विजय सहनी, राज सहनी, रविन सहनी र सुमित सहनी रहेका छन ।
असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खोजतलासकै क्रममा सोमवार रातीे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो । साथै उनिहरुले चोरी गरी लगेको नेपाल टेलीिकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ ।
त्यसै गरी उनिहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । यसरी चोरीएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]