दमौली, असोज ५ गते । अदालतबाट सजाय पाएका तर सजय भुत्तान नगरी फरार रहेका विभिन्न मुद्दाका अपराधीक व्यक्तिहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयन नभएका विभिन्न मुद्दाका २५ व्यक्तिलाई तनहुँ प्रहरीले पक्रेको छ । आइतबार पक्राउ परेका जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए ।
तनहुँ प्रहरीले पछिल्लो समय अदालतका फैसला कार्यान्वयनमा चासो दिंदै आइरहेको छ । यसअघि पनि एकै पटक ३३ जनालाई पक्राउ गरिएको थियो । यसरी पक्राउ परेकामा बहुविवाहदेखि, डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध विच्छेद आदि मुद्दाका सजाय नभोगेका फरार अपराधीहरु ह्ुन् ।
अधिकांशलाई अदालतमा उपस्थित गराइएकामा उनीहरु जरिवानापश्चात अदालतको आदेशबाट कारागार चलान भएको तिमल्सेनाले बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]