वीरगञ्ज, असोज ५ गते । बाराको एक पुल निर्माणको विषयमा बारा र रौतहटका स्थानीयबीच झड्प हुँदा दुवै तर्फका केही स्थानीय बासीहरु घाईते भएका छन् ।
बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो । झडपको क्रममा केही स्थानीयहरुको टाउको हात, खुट्टामा चोट लागेका घाइतेहरु स्वास्थ्य संस्थामा उपचार गराइएको छ ।
हुलाकी राजमार्गमा रहेको अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा छ । स्थिानीयहरुकै विवादका कारण पुल निर्माण हुन सकि रहको थिएनन् । उक्त ठाउँमा पुल निर्माण गर्दा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको स्थानीयहरुको भनाई छ । तर रौतहटतर्फका बासिन्दाले पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडान राखेका कारण झड्प भएको हो ।
दुवै तर्फको स्थानीयवासीलाई राखी समस्या समाधान नगरी पुल निर्माण कार्य शुरु गरेपछि विवाद भएको हो । विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए । हातमा लाठी भाटा लिएर पुल निर्माण स्थलमा पुगेका स्थानीयले पुल निर्माणका लागि सिमेन्ट घोल्ने मिक्सर समेत जलाइदिएका थिए
विवाद भएर उग्र रुप लिएको तर अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
समस्या समाधानका लागि असोज ९ गते दुवै गाउँका बासिन्दबीच छलफल गर्ने सहमति समेत भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]