विराटनगर, असोज ३ गते । नेपाल सरकाले वनाएको नेपालको संविधान २०७२ को उपलक्ष्यमा संविधान दिवस मनाईरहेको छ भने जनता समाजवादी पार्टी नेपालले देशका प्रमुख शहरहरुमा शान्ति पुर्ण विरोध प्रर्दशन गर्ने भएको छ ।
जनता माथि दमन र हत्या गरी जारी गरिएका विभेदकारी, अधुरो, अपुरो र त्रुटिपुर्ण संविधानले मधेशी, आदीवासी, जनजाती, दलित, शिल्पी, महिला खस मुस्लिम थारु, अल्पसंख्यक जातिको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै विरोध प्रर्दशन गर्ने भएको छ ।
संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् । अन्य प्रदेशहरुमा जनता समाजवादी पार्टीले विरोध प्रर्दश गर्ने भएको छ ।
जनआन्दोलन, जनयुद्ध, एृतिहासिक मधेश जनविद्रोह लगायतको वेला नेपाल सरकारसंग भएका सम्झौताहरु र अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेको विषयलाई अनादर र उपेक्षा गर्दै जारी गरीएको संविधानको विरोध गर्न जनता समाजवादी पार्टी नेपालले अह्वान गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]