विराटनगर, असोज १ गते । विश्वको निर्माण कर्ता भगवान विश्वकर्माको पुजा आज संक्रान्तिको दिन नेपालको तराई मधेश क्षेत्र र भारतमा भव्यताका साथ मनाई रहेका छन् ।
द्धापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।
त्यही वेलाको सम्झनामा नेपाल र भारतका कालीगढ, कलकारखाना, यातायातका वाहनहरु लगायत मेशीन बनाउने औजारहरुलाई धोईपखाली, सरसफाई गरी बाबा विश्वकर्माको पुजा आजा गरिन्छ । विश्वकर्मा बाबाको पुजापाठ गर्नाले विश्वकर्माको गुण प्राप्त गर्नुका साथै कलकारखाना लागायतका मेशीनहरु नविग्रने, मेशीनवाट आय राम्रो हुने जनविश्वास रहेको छ ।
तराईका जिल्लाहरुमा र भारतमा उल्लासपुर्ण तरिकाले यो पुजागरिन्छ । आजको दिन आफना मेसिन र मेसिनजन्य सामानहरुलाई राम्रो संग सफा गरी पुजागर्ने गरिन्छ । पुजाको दिन उद्योग, कलकारखान, विभिन्नकिसिमका गाडिहरु, प्रेस मेसिनलगायत सामानहरुको पुजा गरिन्छ ।
विश्वकर्मा भगवानको मुर्ती बनाइ शिल्पकार, व्यपारी, कलाकार र मजदुरहरुले विश्वर्कमा रुपी आफ्ना हरेक मेसिन र मेसिन जन्य सामानहरुलाई पुजाआजा गरी उल्लासका साथ मनाउने गरेकोे विश्व कर्माको बंशज मानिएका वढई जातिका संस्था नेपाल बढई कल्याण समाजका केन्द्रिय अध्यक्ष बासुदेव ठाकुरले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]