विराटनगर, भाद्र ३१ ग्ते । बलात्कारको आरोप लगाउतने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले १ महिनाको कैद र १५ सय रुपिया जरीवाना हुने फैसला सुनाएको छ ।
बलात्कारको झुटो आरोप लगाएको भन्दै ती युवतीलाई अदालतले कैद सजाय र जरीवाना सुनाएको हो ।
तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई अदालतले सजाय र जरीवाना गरेको छ ।
भदौ १४ गते ती युवतीलाई एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको जिल्ला अदालत सर्खेतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिएको छ ।
जबरजस्ती करणीको आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गर्नुहुन्न भन्ने ठहरका साथ अदालतले ती युवतीलाई कैद र जरिवानाको फैसला गरेको छ,’ । सो फैसला मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ९क अनुसार फैसला भएको श्रेस्तेदार बास्कोटाको भनाइ छ । कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेतको बराहतालकी हुन् ।
गत असोज २८ र ३० गते गुप्ताले कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन ।
युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख छ । तर उक्त वकपत्र नै झुटो भएको ठहर अदालतले गरेको छ । अदालतको फैसलापछि ती युवती फरार भएकी छन ।
फैसला भएदेखि ती युवती सम्पर्कमा आएकी छैनन । कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाइसकेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]