कञ्चनपुर, भाद्र ३० गते । सामूहिक जबर्जस्ती करणी मुद्दामा अदालतले ११÷११ वर्ष सजाय तोकिएको फरार कञ्चनपुरका दुई जनालाई अभियुक्तलाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।
कञ्चनपुर प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनको संयुक्त गस्ती टोलीले पुनर्वास नगरपालिका वडा नं. ११ का चुन्नु राना, अनिल रानालाई प्रहरीले सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए ।
स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ असार २८ गते कैद सजाय तोकेको थियो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागिे अदालतमा पेश गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]