विराटनगर, चैत ३० गते । गणेश प्रगति सेवा समाज विराटनगर–८ को १३ औं साधारणसभा सम्पन्न सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले दियोमा वत्ती बालेर समुद्घाटन गर्दै भने यस्तो धार्मिक कार्यहरूमा सहयोग गर्न पाएमा आफुलाई गौरवान्वित ठान्छु अगामी आर्थिक वर्षमा मन्दिरको लागि सहयोग गर्ने प्रतिवद्वता जनाउँदै साधारणसभाको सफलताको शुभकामना दिए ।
त्यसैगरी विशिष्ट अतिथि विराटनगर महानगरपालिका वडा नं. ८ को वडा अध्यक्ष राम पोखरेल म जनप्रतिनिधि नभएकै वेला देखि सहयोग गर्दै आएको भन्दै आउने दिनमा पनि जेष्ठ नागरिक पार्क र मन्दिरको लागि सहयोग गर्ने प्रतिवद्वता जनाए ।
साधारण सभामा समाजका आजीवन सदस्यहरुलाइ प्रमाणपत्र प्रदान गरेका थिए । सधारण सदस्य लगायत समाजका बुद्धिजीवी, शिक्षक, लगायतको उपस्थित रहेको थियो ।
साधारणसभाको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको छ । राजेन्द्र कुमार थापाको अध्यक्षतामा १३ सदस्य समिति चयन गरेको छ । उपाध्यक्षमा गणेश बहादुर खड्का, सचिव अन्जनी कुमार पोखरेल, सह सचिव विरेन्द्र थापा, कोषाध्यक्ष लक्ष्मी पोखरेल चयन भएका छन ।
त्यसैगरी सदस्यहरूमा श्यामसुन्दर सुन्दर सुतिहार, दिव्य कुमारी रेग्मी, रामलाल सुतिहार, शैलेन्द्र कुमार गुप्ता, सुनिता निरौला, कृष्ण भट्टराई, दिनावती माझी, भरत निरौला चयन भएका छन ।
गणेश प्रगति सेवा समाजको १३ औं साधारणसभा अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षता खुल्ला तथा बन्द सत्र सम्पन्न भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]