पदमकुमार सरदार
विराटनगर, चैत २९ गते । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त चोथौ अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकरण राईले बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
कटहरी गाउँपालिका–५ मोधह्रामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त चोथौ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्रीराईले साे कुरा वताएका हुन । मन्त्रीराईले बाँतर जातिको संस्कृत भवनका लागि तत्काल योजना माग गर्न बाँतर अगुवाहरुलाई आग्रह गरेका छन ।
नेपालको तराई, मधेश, भित्री मधेश र बराह क्षेत्रमा अवस्थित अनेकौ जंगलीफाटहरुमा परापूर्वकालदेखि नै बातर जातिको बसोवास रही आएको कथन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय सभापति मोहनलाल सरदारले बताए।
सुरुमा रहेको वन्तरा शब्द वि.स. १७२० साल तिर आईपुग्दा अपभ्रम्स भई बातर हुन आएको यस जातीका अगुवा तथा ईतिहास विद्हरुले अधिवेशनमा बताएका थिए । उनीहरुको भनाई अनुसार वन्तरा भन्नाले वनको राजा भन्ने जनाउँछ । यस जातिलाई हाल सरदार पनि भन्ने गरिन्छ । बाँतर जाति आदिवासी भए पनि अहिले दलितमा सुचिकृत रहेको बाँतर अगुवाहरुले बताएका छन् ।
सरदारको अर्थ सतपती र सतपतीको अर्थ सय जना मानिसको मालिक भन्ने हुन्छ । तसर्थ सयजना मानिसलाई अगुवाई गरी संचालन गर्ने वा सय जनाको नेतृत्व गर्ने मानिसलाई सरदार भनिन्छ । सामाजिक, आर्थिक एवं शैक्षिक दृष्टिकोणले पछाडी परेका आदिवासी जनजातिहरु मध्ये बाँतर सरदार जाति पनि एक हो ।
तर सरदार (बाँतर) जातीलाई सरकारले २०५३ सालदेख दलितमा सुचिकृत छन् । यस जातिको बंशावली हालसम्म फेला पर्न नसके पनि महाभारत कालकाे समयमा ‘किचक’ भन्ने राजाले राज्य गर्दाकाे अवस्थामा गेड सिंहको बंशबाट झड्केलाको रुपमा जन्मेको हुँदा झड्केलोको अर्थ बेमातर हुनु पर्नेमा बाँतर रहन गएको ईतिहास विद्हरुले बताएका छन् ।
अधिकांस बाँतर भुमिहीन भएका कारण कृषि मजदुरी पेशामा आफ्नो जीवन जीउन बाध्य भएको बाँतर अगुवाहरुले बताएका छन् ।
चोथौ जिल्ला अधिवेशन र युवा अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने मोरङ जिल्ला सभापति गयानन्द सरदारले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]