विराटनगर, चैत २५ गते । अवैध रकम तथा लागुऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने बर्ष ६० को छटु यादव र सोही ठाउँ बस्ने बर्ष १९ को भुपेन यादवको घरकोठामा लागुऔषध (गाँजा) संचय तथा भण्डारण गरी राखीएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले गई खानतलाशी गर्दा निजहरुको घर भित्र सेतो प्लाष्टिकमा प्याकिङ गरि झोलामा राखेको ४५ के.जी. गाँजा सहित तीनीहरुलाई पक्राउ गरेको छ ।
त्यसै जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९महेन्द्र चोक स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्ने क्रम्मा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २४ को रोहित कुमार साहलेश्रोत नखुले रकमरु. ७ सात लाख १५ हजार बोकी हिडीरहेको अबस्थामा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको तीनै जना अउपर थप अनुसन्धान भई रहको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]