अमित ठाकुर/रौतहट, चैत २२ गते । नेपाल भारत सिमाको गौर बैरगनिया नाकाबाट हुण्डी कारोबार संलग्न भारतीय नागरिक ५ लाख नगद सहित पक्राउ परेका छन ।
प्रहरीले दिनहुँजसो भारतको बैरगनिया गौर भित्रिंदै आएको स्रोत नखुलेको नेपाली रूपियाँ बोक्नेलाई नियन्त्रणमा लिने गरेको छ । अनुसन्धानपछि उनीहरु व्यवसायिक हुण्डी कारोबारीका भरिया मात्र भएको खुल्ने गरेको प्रहरी स्रोतले जानकारी दिए ।
हुण्डी काराेबारमा नाम चलेका उद्योगी व्यवसायीको पनि संलग्नता रहेको र तिनीहरुले नै भरिया मार्फत् हुण्डीको रकम ल्याउने र पुर्‍याउने गरेको प्रहरीको अनुमान छ ।
शस्त्र प्रहरी बल ११ नंबर शस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म गौरले गौर भन्सारको पुर्वपट्टी रहेको कानु टोलमा भारत बिहार राज्यको बैरगनिया पटेल चौक बस्ने राम पटेलका १८ बर्षीय छोरा मोहित पटेलले पाईन्टको गोजीमा लुकाई छुपाई ल्याउँदै गरेको स्रोत नखुलेको ५ लाख रुपैयाँ सहित पक्राउ गरेका थिए।
उनले भने भारतमा भएको कारोबार वापतको रकम पटेलले हुण्डी मार्फत भित्र्याएको पाइएको छ । उनलाई बैरगनियाका नामी हुण्डी व्यवसायिक कौशल र दिलिपले दर्जनौं कलिलो उमेरका केटाहरुलाई भरियाको रुपमा प्रयोग गरी रौतहटको विभिन्न नाकाबाट हुण्डी कारोबार फस्ट्याको स्रोतले जनाएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: crimeopration@gmail.com