विराटनगर, भाद्र ३० गते । प्रहरी टोलीको गस्ती देखेपछि एक व्यपारीले मटर र साईकल छाडी फरार भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरंगवाट खटीएका प्रहरी गस्ती टोलीले विराटनगर महानगर पालिका वडा नं. १८ तरेगामा नाका भएर लुकाई छिपाई गरी अबैध रुपमा २५ किलोका दरले ७ बोरा मटर र साईकल छोडी व्यपारी फरार भएका हुन् ।
कारीब १५ हजार मुल्य पर्ने मटर र साईकल बरामद गरी जिल्ला प्रहरी कार्यालय मार्फत भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको जिल्ला प्रहरी कार्यालय रानीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]