विराटनगर, फालुण २९ गते । हाेली पर्व “हाेलिका दहन” भगवान विष्णु भक्त प्रहलादकाे कथासँग जाेडएकाे छ । हिरण्यकश्यपकाे बहिनी हाेलिका विष्णु भक्त प्रहलादलाई आफ्नो काखमा राखेर अग्नि कुण्डमा बसिसकेको थियो । अग्नि कुण्डमा हाेलिका जलेर भस्म भयाे तर भक्त प्रहलादलाई केही भएन । जीवनकाे अन्तमा भक्त प्रहलादलाई माेक्ष प्राप्त भयाे । उसकाे जीवन सँग सम्बन्धित दश तथ्य यस प्रकार रहेकाे छ।
१. भक्त प्रहलाकाे बुवाकाे नाम हिरण्यकश्यप र हजुर बुवाकाे नाम कश्यप ऋिष, हजुर आमाको नाम दिति थियो । उनकाे आमाको नाम कयाधु थियो ।
२. आमाको कारण प्रहलाद हरि विष्णुकाे भक्त बनेकाे थियो । आमा चाहि भगवान हरि विष्णु भक्त थियाे । भक्त प्रहलादकाे आमा कयाधु श्रीमान हिरण्यकश्यपवाट लुकेर हासयारी पूर्वक भगवान विष्णुकाे नाम १०८ पटक जप्ने गर्थिन । त्यसैकाे प्रभावले कयाधुले विष्णु भक्त प्रहलादलाई जन्म दिएकाे किवदन्ती छ ।
३. भक्त प्रहलादकाे गुरू प्रह्लादकाे मानस पुत्र श्रीविष्णकाे परम भक्त नारदमुनिजी गुरू थियाे । नारद वाहेक अलावा दत्तात्रेय, शंड र मार्क आदि केहीमहान ऋषिले पनि प्रहलादलाई शिक्षित र संस्कारी बनाएकाे थियो ।
४. विराेचनकाे बुवा र बलिको हजुरबुवा भक्त प्रहलादकाे पत्नीका नाम धृति थियाे । जसबाट महान छाेरा विराेचनकाे जन्म भएकाे थियो । त्यसै बाहेक अलावा, शिवि र वाष्कल पनि उनकाे छाेरा थियाे । विराेचनकाे विवाह बिशालक्षीसँग भएकाे थियो । जसबाट महावली, महादनी राजा बलि उत्पन्न भएकाे थियो । उनी महावलीपुरमकाे राजा बन्याे । त्यही बालीसंग श्री विष्णु भगवान वामन बनेर तीन पाइला जमिन मागेको थियाे । प्रहलादकाे महान छाेराे विराेचनले एक नयाँ संस्कृतीकाे सुत्रपात भयाे । इन्द्रबाट आत्मा संस्कृतिकाे विकास भयाे । त्यही विराेचनवाट भाेग संस्कृति जन्मियाे । यसकाे पछाडि एउटा कथा पनि प्रचलित छ ।
५. भक्त प्रहलादकाे बुआ(फुफु) हालीका आगाेमा जलेर मृत्युु भयाे । दाेस्राे बुआ(फुफु) सिंहिकालाई हनुमानले लंका जाने बाटाेमा मारेकाे थियोे ।
६. भक्त प्रहलादकाे अनुहल्लाद, हल्लाद र संहल्लाद गरी तीन जना दाजुभाई थियो । हरिश्यकश्यपकाे भाई हिरण्याक्ष उनकाे काका थियाे । जसलाई श्री विष्णु भगवानले वराह रूप धारण गरेर मारेकाे थियाे ।
७. भक्त प्रहलाद दैत्य कुलकाे भएपनि उ भगवान विष्णु भक्त थियो । उनकाे कयाधु बाहेक सबै जना हिरण्यकश्यप र बुआ होलिका लगायत आसुरी स्वभावकाे थियाे । तीनीहरू मध्ये दत्तात्रेय, शंड, मर्क, आयुष्मान, शिवि, विरोचन, वाष्कल र यशकीर्ति आदि विष्णुभक्त थियो । जस मध्ये भक्त प्रहलादप सबै भन्दा महान थियो ।
८. भक्त प्रहलाद श्रीहरि विष्णु परम भक्त हुनुका साथै महाज्ञानी र पंडित पनि थियो । भगवान नृसिंहकाे आशीर्वाद र दैत्योंकाे गुरु शुक्राचार्यकाे मार्गदर्शनकाे कारण महान राजा बनेकाे थियो ।
९. भक्त प्रहलादकाे जन्म स्थान पौराणिक मान्यताकाे अनुसार श्री विष्णु भक्त प्रहलादकाे जन्म कृष्ण नगरी मथुराकाे एउटा गाउँमा भएकाे थियोे । भक्त प्रहलाद तथा भगवान विष्णु भगवानकाे पूजा मानव जातीले अहिले सम्म गर्दै आएकाे छ ।
१०. भक्त प्रहलाद श्रीहरि विष्णु भगवानकाे भक्त भएकाे कारण उनकाे बुबा हिरण्यकश्यपले उसलाई मार्न धेरै प्रयास गरेकाे थियो । तर भक्त प्रहलाद श्रीहरि विष्णु भगवानकाे कृपाले मार्न सकेन । भक्त प्रहलादकाे बुआ (फुफु) होलीकाले आफ्नो काखामा लिएर आागाेमा बस्याे । हालीकालाई आगाेमा नजल्ने ब्रह्माजीकाे वरदान थियाे ।आफुले पाएकाे वरदान दुरुपयोग गरेकाेले होलिका आगाेमा जलेर मरे र भक्त प्रहलाद बच्याे । त्यसपछि श्रीहरि विष्णु भगवानले नृसिंह अवतार लिएर हरिश्यकश्यपकाे मारेर भक्त प्रहलादलाई असुरहरूकाे राजा बनाएकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]