चितवन, भाद्र २९ गते । किसानहरुले मल नपाई रहेको अवस्थामा निर्मल बहउद्देश्य सहकारी संस्थााले मलमा कालो बजारी गरेको ठहर गर्देै सहकारीका ४ जनालाई चितवन प्रशासनले मल जफत गरी जरीवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले रत्नगर नगरपालिका वडा नं. १ बकुलहरमा रहेको उक्त सहकारीका चारै जनालाई जनही १०÷१० हजार जरिवना गरिएको छ ।
सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत सहकारीले कालोबजारी गरी कसुर गरेको ठहर गर्दै स्थानीय प्रशासनले जरीवना गरी एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा यूरिया मल समेत जफत गरेको छ ।
सरकारबाट अनुदानमा मल लिएर किसानलाई बढी शुल्कमा बेचिएको भन्दै विभिन्न उजुरी आएपछि प्रहरी कार्यालय चितवनले सहकारीका व्यवस्थापक विनोद अधिकारीसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिमिल्सिना, सदस्यद्वय निर्मला घिमिरे र मायानाथ अर्याल थिए ।
जिल्ला प्रशासनले जफत गरिएको मल बिक्री वितरणका लागि स्थानीय तहलाई जिम्मा दिने र सो बापतको रकम सरकारको राजश्व खातामा जम्मा गर्ने निर्णय गरेको छ ।
सो सहकारी संस्थालाई थप कारबाही गर्नका लागि स्थानीय तह रत्ननगर नगरपालिकालाई पत्र पठाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]