विराटनगर, फाल्गुन ७ गते । प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर–८ बलुवाही पूर्वमा रहेको सिघिया घाटमा मलामी विश्राम स्थाल निर्माणको शिलान्यास गरेका छन् ।
वलुवाही टोलको दक्षिण पूर्वमा रहेको सिंघिया खोलाको छेउमा एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, उप मेयर शिल्पा निराला कार्की र वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । शिलान्यासको पूजापाठ उप मेयर कार्कीले गरेको थिईन ।
मलामी विश्राम स्थल शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कोईरालाले तपाई वडा वासीहरुलाई केही आवश्यक परे सिंधै वडा अध्यक्ष र सदस्यहरुलाई भन्नु होस त्यहाँवाट नभए सिधै महानगरपालिका आएर मलाई भेट्नुहोस तपाईहरुको विकास निर्माण लगायत सार्वजनिक सरोकारको काम सके जति गर्ने प्रतिवद्धता जनाए ।
वडा नं. ८ बलुवाही देखि दक्षिण पूर्व सिंघिया खोलाको छेउमा वन्ने २० फिट चौडाई र ४० फिट लम्वाईको मलामी विश्राम स्थाल पक्की कुर्सी हालेर माथि ट्रष्ट र टिनाको छाना हुने छ । उक्त विश्राम स्थलले विराटनगर वडा नं. ८, १० र १४ र सिघिया पारी रहको जहदा गाउँपालिकाका मानिस समेत लाभान्वित हुने वडा अध्यक्ष पोखरेले वताए ।
मलामी विश्राम स्थलको लागि विराटनगर महानगरपालिकावाट ३ लाख सहयोग र वडा नं. ८ को ५ लाख गरी जम्मा ८ लाखको बजेट छुट्याएको छ । उक्त मलामी विश्राम स्थल यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने वडा नं. ८ का सदस्य भुवन राजवंशीले वताए ।
उक्त शिलान्यस कार्यक्रममा वडा सदस्यहरु तारा कुमारी राय, पवित्री विश्वकर्मा, महम्मद अव्वास, समाजसेवी प्रमोद खतिवडा लागायतको स्थानीय समाज सेवी वुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]