राजविराज, भाद्र २८ गते । सुस्त मनस्थितीकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको एक सुस्तमनस्थितीकी १७ वर्षिय किशोरी गए राती शौचालय जान घरवाट बाहिर निष्केपछि एक २१ व्र्षिय यूवाकले च्याप्प समाती मुखमा गम्छाले बांधी अन्य दुई जना साथीलाई बोलाई किशोरीलाई खेतमा पु¥याई सामुहिक बलात्कार गरेका छन् ।
प्रतिवाद गर्दा किशोरीको हातमा चोटपटक लागेको चिकित्सकहरुले बताएका छन् । आफूलाई जवरजस्ती करणी गरेको भन्दै प्रारम्भिक बयान दिएकी किशोरीले आरोपितमध्ये २ जनालाई पहिचान गरेकी छिन् । उनलाई उपचारका लागि राजविराज लगिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
उजुरी आएलगत्तै किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर रामराजा केशरीले बताए । बलात्कापछि युवाहरुले पीडित किशोरीलाई विहानको समयमा मोटरसाइकलमा घर नजिकै ल्याएर छाडेको उपचारका लागि सँगै राजविराज आएकी पीडितकी आमाले बताइन् । पिडकहरु प्mरार रहेकाले नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
चैत ११ गते कोभिड–१९ को संक्रमण रोकथामका लागि लकडाउन सुरु भएयता चैत महिनादेखि हालसम्म सप्तरीमा २१ वटा बलात्कारको घटना भएकामध्ये अधिकांशमा बालिका पीडित भएको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]