कृष्णनगर, माघ २९ गते । कृष्णनगर कपिलवस्तुको लिंकगेटबाट लागुऔषध सहपत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले सोमवार जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ लिंकगेट स्थितमा खटिएको प्रहरी टोलीले लागु औषधब्राउन सुगर सहित व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नंम्बर प्लेट एमएच ०२ सीडी १५२६ नंम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार देश भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी ३६ को इकरामुद्दीनको शरिर रीत पुर्वक खानतलासी गर्दा निजको साथबाट १ वटा लागु औषध ब्राउन सुगर १०० मिलिग्राम बरामद भएपछि उनलाई पक्राउ गरेको थियो ।
त्यसैगरी सोही गाडीमा ५ बटा लागु औषध ब्राउन १६० मिलिग्राम गरि जम्मा २६० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको थियो ।
उक्त कार चालक देश भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी १९ को नसिम खानलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरूलाई सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]