बिराटनगर, माघ २९ गते । “गरौँ योग, रहौँ निरोग“ भन्ने नाराका साथ पतञ्जलि योग महानगर समिति बिराटनगर र महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र, बिराटनगर वडा नं. १ को संयुक्त आयोजनामा २२ औं सह–योग शिक्षक प्रशिक्षण तालिमको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष काजी बहादुर बस्नेतले योगले शरिर तन्दुरुस्त हुने भएकोले सवै उमेरका मानिसले योग गर्नु पर्ने धारण राखेका थिए ।
२२ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमबाट ३५ जना नव–योग शिक्षक तयार भएका छन् । प्रशिक्षार्थीहरूलाई तालिमका सुत्रधार महानगर सदस्य माया भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र विराटनगर–१ मा भएको सह–योग शिक्षक तालिममा प्रथम किरण कुमार आचार्य द्वितिय इश्वरी गौतम तृतिय
दुर्गा आचार्य चौथा गोमा भट्टराई पाचौ मात्रीका चापागाई छैटौ केशव प्रसाई सातौ रुद्र प्रसाद सुवेदी आठौ
शोभा अधिकारी नवौ सुदर्सन अधिकारि दशौ कमला थापा कार्की भएका छन् ।
नियमित उपस्थित हुनेहरु इश्वरी गौतम, दुर्गा आचार्य , गोमा भट्टराई, मात्रीका चापागाई ,केशव प्रसाई ,शोभा अधिकारी , वेदमाया भट्टराई, बिमला गिरी, भरत कार्की, पुनम उप्रेती, निर्मला थापा, कमला थापा कार्की, सुदर्सन अधिकारी थिए । पतञ्जलि मोरङ अध्यक्ष लक्ष्मी चौधरी, मोरङ कोषाध्यक्ष ओम प्रसाद प्रसाई, प्रशिक्षक प्रतिनिधि राजेन्द्र खनाल र महेन्द्रेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिला प्रसाद काफ्ले ले नव–योग प्रशिक्षकहरूलाई शुभकामना मन्तव्य दिएका थिए ।
समारोहको सभापति शिल्पा प्याकुरेलले प्रशिक्षणलाई सफल बनाउने सम्पूर्ण प्रशिक्षक, प्रशिक्षार्थी तथा पतञ्जलि योग मोरङ परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, नव–योग शिक्षकहरूलाई योगको महत्व समुदायमा पु¥याउने लक्ष्य लिएर अघि बढ्न प्रेरित गर्दै दिक्षान्त समारोह समापन गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]