झापा, भाद्र २७ गते । झापाको बिर्तामोड बगरपालिका वडा नं. ३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका वडा नं. ३ मा गोपाल गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रवार ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटबाट २२ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो ।
लागुऔषध ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मोरङको २ स्थानबाट नियन्त्रीत लागुऔषध गाँजा र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । शुक्रवारे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउँ स्थितमा पैदल हिडिरहेका धरान उपमहानगर पालिका वडा नं. १५ को अजय तामाङ, च्यामन राई र लेटाङ नगरपालिका वडा नंं. ७ को रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेट सहित १ भारतिय नागरीकलाई पक्राउ गरेको छ ।
शुक्रवार भारत पिप्राहा बिष्णुपुर बस्ने दिपेश यादव ७५ एम्पुल डाईजेपाम सहित पक्राउ परेका हुन् । बीआर–३८ एच ६३५९ नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]