विराटनगर, माघ २७ गते । मोरंगको सुन्दरहरैचा नगरपालिकामा चौथो संस्करणको विराट एक्स्पो माघ ३० गते देखि फागुन १० गते सम्म आयोजना हुने भएको छ ।
एक्स्पोका संयोजक भोलेश्वर दुलालले पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिदै भने सुन्दरहरैंचामा सञ्चालन गरिएको शौचालय अभियानलाई सहयोग पु¥याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको जानकारी वताउनु भयो । एक्स्पोबाट फाइदा भएको रकम सुन्दरहरैंचामा निर्माणाधिन सार्वजनिक शौचालय निर्माणका लागि उपलब्ध गराउने वहाँले वताउनु भयो ।
दुलालका अनुसार एक्स्पोमा ब्यवसायिकतर्फ १ सय १४ वटा स्टल रहनेछ । मुख्य प्रयोजक, प्रायोजक र सह प्रायोजकका विभिन्न ९ वटा पवेलियन रहने छन् । ब्यवसायिकसंगै कृषितर्फ ४०, अटोमोबाइल्सतर्फ १५, होटलतर्फ १६ गरी कुल १ सय ९४ वटा स्टल रहने छन् । कृषि उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक क्रियाकलाप अभिवृद्धि हुने र नविनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरि दिगो स्वरोजगारी सृजना गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको संयोजक दुलालले बताउनुभयो ।
एक्स्पो अवधिभर विविध विषयमा थिमेटिक शेसनहरुको आयोजना गरिने छ । विशेषतः वाल स्वास्थ्य स्याहार, स्वास्थ्यका लागि खाना, कोशी पर्यटन वर्ष–२०८२ का सन्दर्भमा पर्यटनको पुनर्विचारः कोशी प्रदेशमा स्थानीय संलग्नताको प्रवद्र्धन भन्ने विषयमा प्यानल डिस्कसन गरिनेछ साथै एआ्र्रइ स्टार्टअप तथा साइवर सेक्युरिटीका सन्दर्भमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै विषयगत विज्ञहरु र वहुपक्षीय सरोकारवालाहरुको सहभागितामा गहन छलफल तथा वहस पैरवी गरिनेछ संयोजक दुलालको भनाई छ ।
एक्स्पोमा मनोरञ्जनतर्फ गायक दिपक बज्राचार्य, नविन के भटट्राई, पुष्पन प्रधान, आस्था राउत, नितेशजंग कुँवर, प्रमोद खरेल, मिस्टर डि, शान्तारानी परियार, हास्य कलाकार मनोज गजुरेल लगायतको प्रस्तुति रहने छ । सुन्दरहरैंचास्थित औद्योगिक प्रदर्शनी केन्द्रमा यसअघि, २०६६, २०७३ र २०७६ सालमा एक्स्पो आयोजना भइसकेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]