इटहरी, माघ १९ गते । सुनसरीको इटहरीमा दोस्रो ‘एसीयन सुटिङ्गबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ ।
‘एसीयन सुटिङ्गबल च्याम्पियनसिप २०२५’ कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी समुद्घाटन गर्दै भने अन्तर्राष्ट्रिय प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए ।
मन्त्री भण्डारीका अनुसार, यस्ता खेलकुद गतिविधिहरूले प्रदेशको खेल क्षेत्रको विकास मात्र नभई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । मन्त्री भण्डारीले प्रदेश सरकारले आउँदो वर्षको बजेटमा सुटिङबल खेललाई समेट्ने प्रतिबद्धता जनाएका छन । जसले नेपालमा सुटिङबलको विकासलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
सरकारले प्रदेशस्तरमा खेलकुद संरचनाहरू विकास गर्न, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजनाका लागि बजेटको व्यवस्था गर्न आवश्यक पहल गर्ने मन्त्री भण्डारीले बताए । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रदेश सरकारका लागि गर्वको विषय भएको भन्दै उनले यसको निरन्तरताको पक्षमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन ।
प्रतियोगितामा नेपाल सहित भारत बंगलादेश र पाकिस्तानको उत्कृष्ठ खेलाडीहरुको सहभागीता रहेका छन् । नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी सहभागी हुने छ भने भारतबाट ६२, बांगलादेशबाट १२, र पाकिस्तानबाट १४ जना खेलाडी रहेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ । यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेका छन् ।
कार्यक्रममा एसीयन सुटिङबल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोर प्रतियोगिताको महत्वबारे प्रकाश पार्दै भने देशहरू बीचको मित्रता सुदृढ गर्न यस्ता खेलकुद कार्यक्रम प्रभावकारी हुने बताए । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले खेलाडीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने मात्र नभई, देशहरूबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने भूमिका खेल्ने तमोरले बताए ।
गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न सुटिङबल वल्र्ड च्याम्पियनसिपमा नेपालले उल्लेखनीय प्रदर्शन गरेको थियो । महिला र पुरुष दुवै टिमले तेस्रो स्थान हासिल गरेका थिए । उक्त प्रतियोगितामा कुल ११ देशको सहभागिता रहेको थियो ।
नेपालले यसपटकको प्रतियोगितामा आफ्नो प्रदर्शनलाई अझ सुधार गर्दै पदक तालिकामा अग्रस्थान हासिल गर्ने लक्ष्य राखेको छ । दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप २०२५ ले नेपालमा सुटिङबल खेलको प्रवद्र्धनमा ठुलो भूमिका खेल्नेछ । चार देशका खेलाडीहरूबीचको प्रतिस्पर्धा र खेल भावना यस प्रतियोगिताको मुख्य आकर्षण रहने छ । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले नेपाललाई खेल पर्यटनको केन्द्र बनाउने दिशामा योगदान पु¥याउने आशा गरिएको छ ।
उक्त कार्यक्रमको उद्घाटन सत्र एसीयन सुटिङबल फेडरेसनका उपाध्यक्ष केशव विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]