विराटनगर, माघ १६ गते । कटहरी गाउँपालिकामा भएको अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रजातन्त्र माध्यमिक विद्यालय कटहरी–६ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा कटहरी पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान जनता माध्यामिक विद्यालय कटहरी–७ हासिल गरेको छ भने लक्ष्मी आधारभूत विद्यालय कटहरी–७ तेस्रो स्थान हासिल गरेका छन् ।


प्रतियोगितामा सफल भएको विद्यालय तथा विद्यार्थीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले शिल्ड कप लगायत प्रमाण–पत्र र मेडल प्रदान गरेका छन् । उहाँले प्रमाण–पत्र र मेडल प्रदान गर्नु हुँदै खेल क्षेत्रको विकास गर्नका लागि पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै युवाहरुलाई राष्ट्रिय, अन्तृराष्ट्रिय खेलाडी बनाउन पालिकाले गर्नुपर्न सहयोगमा कुनै पनि कमी हुन नदिने अध्यक्ष चोधरीले वताए ।
प्रतियोगितामा कटहरी गाउँपालिका भरिका ११ बटा सामुदायिक विद्यालय र ३ बटा निजी विद्यालय गरी १४ बटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखाका प्रमुख दोर्ण प्रसाद पोखरेलले जानकारी गराए ।
प्रतियोगितामा भलिवल, कब्डी, दौड प्रतियोगिता र ज्याबलिङ, लङ जम्प, रिले खेल लगायतका खेलहरु प्रतिस्पर्धा भएको थियो

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]