विराटनगर, माघ १६ गते । वर्कसप अन स्पेस साइन्स एण्ड रोवोटिक्स सम्वन्धी तीन दिने तालिम कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले समुद्घाटन गरेका छन् ।
एभरेष्ट साइन्स सेन्टर नेपाल शान्ति वन सुनसरीले आयोजना गरेको तालिमलाई समुद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले भने वर्कसप अन स्पेस साइन्स एण्ड रोवोटिकस तालिमले विद्यार्थी भाइबहिनीको क्षमतामा विकास हुने वताउँदै निजी लगानीमा बनेको सेन्टरलाई सरकारले केही गर्न नसकिन भएकोले पब्लिक पार्टनर सिपको अवधारणमा गई नेपाल कै उत्कृष्ठ सन्टर बनाउन चाहना रहको वताए ।
एभरेष्ट साइन्स सेन्टर नेपाल शान्ति वन सुनसरीका निर्देशक दिलिप कुमार अधिकारीले लेखेको पुस्तक मेकिङ्ग साइन्स आइसरको मुख्यमन्त्री कार्की लगायतले विमोचन समेत गरका थिए ।

विराटनगर नजिकै रहको बर्जु गाउँपालिकाका चाहेजति विकास नभएपनि बाटोघाटो, बिजुली बत्तीमा केही विकास भएको छ । अझ गर्नु पर्ने ठूला विकासहरु योजना बैकमा सुचीकृत गर्न गाउँपालिका अध्यक्ष रायलाई आग्रह गरेको छ । अब विराटनगरको विकास गरिदैन विराटनगर बाहेकका क्षेत्रमा न्यु विराटनगर शहर वनाउने अवधारणमा अगाडी बढ्ने वताए ।
त्यसैगरी बर्ज गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले विराटनगरले बर्जु गाउँपालिकालाई विकासको नाममा सौताको व्यवहार गरेको भन्दै बर्जु गाउँपालिकाको बर्जु ताल र एभरेष्ट साइन्स सेन्टर नेपाल शान्ति वन बर्जुको गहना भएकोले यसको सम्वद्र्धण र प्रवर्धनमा प्रदेश सरकारलाई ध्यान दिन आग्रह गरेका छन् ।


तीन दिनसम्म सञ्चालन हुने तालिममा विज्ञान, प्रविधि, अन्तरिक्ष अनुसन्धान र रोबोटिक्ससम्बन्धी विभिन्न कार्यशाला, प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रमहरू समावेश गरिएका छन् । आयोजक एभरेष्ट साइन्स सेन्टर नेपाल निर्देशक अधिकारीका अनुसार मेचीदेखि महाकाली सम्मका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्नेहरू सहभागी भएका छन् ।
कार्यक्रममा विज्ञान तथा प्रविधिको महत्त्व, नेपालमा अन्तरिक्ष तथा रोबोटिक्स अनुसन्धानको सम्भावना, नवीनतम आविष्कार र प्रविधिको प्रयोगबारे जानकारी प्रदान गरिने छ । साथै, सहभागीहरूलाई प्रयोगात्मक प्रशिक्षण तथा रोबोट निर्माणसम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]