विराटनगर, माघ १२ गते । प्रेस चाैतारी माेरंगकाे ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापा सहित २१ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सह-सचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत भएका छन ।
त्यसैगरी सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराई रहनु भएको छ ।
जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्र्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।
यसैवीच ९ औं जिल्ला अधिवेशनका अवसरमा अरूण खवरका प्रधान सम्पादक महेन्द्र विष्टलाई २१ हजार राशीकाे शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । नगद, प्रमाणपत्र र दाेसल्ला सहित काशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विष्टलाई सम्मानित गरेका थिए ।
जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्की, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनस्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्षुमन तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]