विराटनगर, माघ ११ गते । वीणा फाउन्डेशनले कोशी प्रदेशको राजधानी विराटनगरमा कोशी विचार उत्सव २०२५ आयोजना गर्ने भएको छ ।
कोशी विचार उत्सवका संयोजक वरुण झाले नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी २०८१ फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सम २०२५ हुने जानकारी गराए ।
उत्सवको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कोशी प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक, लैंगिक, शैक्षिक, भाषिक, साहित्यिक, राजनीतिक, पर्यटन, उद्यम–व्यवसाय, औद्योगिक अवस्था, पत्रकारिता, जलवायु परिवर्तन, स्वास्थ्य र अन्य सन्दर्भहरु बारे विमर्शको माध्यमबाट समुचित प्रसार गर्नु रहको झाले वताए ।
खुल्ला संवादको प्रवर्धन गर्न र प्रदेशको विकासका लागि सरोकारवालाहरु बीच रचनात्मक विमर्शको माध्यमबाट सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्न, बौद्धिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्धन प्रवर्धन गर्ने, मूल्यवान परम्परा–संस्कृतिको संरक्षण र विभिन्न ऐतिहासिक धरोहरहरुलाई उजागर गर्नु, आर्थिक विकासका लागि अधि बढ्न र नवीन विचारका साथ समाधानको विकल्पहरु खोज्न, युवा सशक्तिकरण गर्न अन्य धेरैवटा लक्ष्यहरु समाधान गर्न उत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा झाले जानकारी गराए ।
तीन दिनसम्म चल्ने विभिन्न सत्रहरु अन्र्गत अलग अलग विषयमाथि विमर्श गर्दै प्रस्तुत गरिनेछ र निर्मायक प्रस्तुति गर्नुभन्दा अगाडि तयारीको क्रममा आवश्यक रहेको अन्य धेरैवटा सहयोगी कार्यक्रमहरुको आयोजना फागुनको प्रथम सातादेखि नै संचालन गर्ने योजना रहेको छ । यस क्रममा प्रदेशभित्रका सरकारी तथा निजी विद्यालयहरुका बालबालिकाबीच बक्तृत्वकला र कविता बाचन प्रतियोगितामा सहभागिताका लागि छनोट (अडिसन) कार्यक्रमहरु, फागुन ७ गते प्रजातन्त्र दिवसको दिन ट्राफिक चेतना बढाउने कार्यकम र फागुन १४ गते फोहर संकलन दौड प्रतियोगिताको आयोजना गर्ने उत्सवका सदस्य विरेन्द्र केएमले वताए ।
फागुन १५ गतेका दिन यस आयोजनाको उद्घाटन सम्माननीय प्रधानमन्त्री के.पी. ओलीज्युबाट हुने अपेक्षा गरिएको छ । अन्य विशिष्ट पाहुनाहरुमा प्रतिनिधिसभाका सभामुख, संघीय सरकारका मन्त्री, पूर्व मन्त्री, प्रदेश सरकारका मन्त्री–पूर्वमन्त्रीहरु र राष्ट्रिय सभा, प्रतिनिधि सभा प्रदेश सभा एवं स्थानीय निकायका माननीय जनप्रतिनिधिहरु, सामाजिक–सांस्कृतिक, बौधोगिक, संचार र कला क्षेत्रका विभिन्न गणमान्य व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जानएको छ ।
तीन दिनसम्म चल्ने यस कोशी विचार उत्सवमा कुल १६ वटा विषयांसन्दर्भ माथि विषय विज्ञहरुद्वारा विमर्शको कार्यक्रम रहेको छ । २५ जना युबाहरुको सहभागितामा मैले हेर्न चाहेको कोशी प्रदेश विषयक युवाशक्तिको कल्पनाको कोशी प्रदेश कार्यक्रम गरिने छ । यो कार्यक्रम समापन दिवसमा आयोजना हुनेछ ।
उत्सवको मुख्य आकर्षणमा यी विमर्शका सत्रहरुका साथै बाल बालिकाहरुको कविता बाचनको फाइनल राउन्ड, पुरस्कार वितरण र तीनै दिन सन्ध्याको समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा गीत–नृत्यका साथमा अन्य थुप्रै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिन्छ ।
उत्सवको प्रत्यक्ष प्रसारण नेपालको दुईवटा राष्ट्रिय टेलिभिजन च्यानलहरुमा तथा ३५ वटा डिजिटल प्लेटफार्महरुबाट गरिने छ । दर्शक श्रोताका लागि सम्पूर्ण आयोजनामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सहभागी विद्यार्थी र अन्य सरोकारवालाहरुका लागि अनलाइन आवेदनबाट जोडिने व्यवस्था पनि गरिएको छ । कोशी प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र अन्य विविधतालाई उजागर गर्ने यो विचार उत्सव कोशी प्रदेशमा पहिलो पटक गर्न लागिएको हो । आयोजक संस्था वीणा फाउन्डेशनद्वारा देशैभरि यस्तो आयोजना गर्ने लक्ष्य रहेको छ ।
बिराटनगरमा हुन गई रहको कोशी बिचार उत्सव–२०२५ का लागि व्यवस्थापन खर्च लगभग ५७ लाख लाग्ने अनुमान आयोजकले गरेको छ । जसका लागि आयोजक संस्थाका साथमा प्रायोजकको रूपमा विभिन्न सरकारी, गैर–सरकारी र निजी कम्पनीहरुको साथ–सहयोगले पूरा हुने अपेक्षा आयोजकको छ । यस महत्वपूर्ण कार्यक्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष गरि लगभग १ करोड जनता समक्ष पुर्याउने लक्ष्य ओजकको रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]