विराटनगर, माघ १० गते । भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै प्रकारका असजिलोहरूलाई हटाउने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ ।
कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकलाई सम्बाेधन गर्दै साे कुरा बताएका बताउनु भएकाे हाे ।
नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनु भयो ।
कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उहाँले भारतको बिहार पश्चिम बंगाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सजीकरण गर्ने जानकारी दिनुभयो ।
कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँग उहाँले कुराकानी गर्नुभएको थियो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले भारत र नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गर्दै भन्नुभयो । ‘तपाईं भारतीय सञ्चारकर्मी मित्रहरूले हाम्रो पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’
कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले आगामी वर्षदेखि पर्यटन प्रवर्धन र विकासका लागि बजेट पनि वृद्धि गरिने जानकारी दिनुभयो ।
समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]