विराटनगर, माघ ७ गते । प्रादेशिक स्काउट कार्यालय विराटनगरको आयोजनामा अगामी माघ २५ गतेदेखि २८ गते सम्म चौथो प्रादेशिक ज्याम्बोरेट डिग्रीकयाम्पस विराटनगरको प्रांगणमा हुने भएको छ ।
नेपाल स्काउट कोशी प्रदेशका आयुक्त हेमन्त भण्डारीले विराटनगरमा पत्रकार सम्मेलन गरी “अनुशासन र एकता, समृद्धिको आधार मुख्य नारा रहेको चौथो प्रादेशिक ज्याम्बोरेट विराटनगरको डिग्रीकयाम्पसको प्रांगणमा हुने जानकारी गराए ।
धर्मिक, पौराणिक, ऐतिहासिक, औद्योगिक एवं पर्यटकीय नगरीमा संचालन हुने ज्याम्बोरेटमा विभिन्न सहासिक, बौद्धिक, मनोरञ्जनात्मक, सिर्जनात्मक खेल प्रदर्शनी, हस्तकला, सांस्कृतिक प्रस्तुती, खाद्य पाकवान प्रदर्शनी लगायतका प्रतियोगितात्मक र अप्रतियोगितात्मक क्रियाकलापहरु संचालन हुने नेपाल स्काउटका सह आयुक्त किरण गिरीले जताए ।
ज्याम्बोरेटमा कोशी प्रदेशका विभिन्न स्थानीय तहबाट करीव ३ हजार ११ वर्षदेखि १६ वर्षसम्मका स्काउट बालबालिका एब स्काउट लिडरहरु र अन्य ६ वटा प्रदेशबाट ५ सय तथा आयोजक र स्वयंसेवक सहित जम्मा ३ हजार ५ सय स्काउटहरु सहभागी हुने भएको छ ।
ज्याम्बोरेटमा ३५ लाख २० हजार खर्च लाग्ने आयोजकले अनुमान गरिएको छ । बिगतमा क्षेत्रीय स्तरमा ३ वटा ज्याम्बोरेट सम्पन्न भैसकेका छन् । जसमा २०५९ धरान, २०६९–दमक, २०७४ विराटनगरमा भएको थियो ।
विक्रम सम्वत २००९ साल असार ०५ गते विधिवत रूपमा स्थापना भएको नेपाल स्काउटको हाल नेपालको सबैधानिक व्यवस्था अनुरुप नेपाल स्काउट नियमावली २०७७ संसोधन २०८० बमोजिम केन्द्रिय, प्रादेशिक र स्थानीय तह गरि तीन तहको संरचनागत समिती र कार्यालयहरु स्थापना एवं गठन भई सचालनमा रहको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]