विराटनगर, भाद्र २४ गते । नेपाल भारत सिमाना जोगवनी स्थित पिरल संख्या १८२ पीपी ७१ नजिकै जोगवनी एसएसवी केम्प प्रभारी बीरेन्द्र कुमार र नेपालको आर्मी फार्स इन्सपेक्टर मदन अधिकारीको संयुक्त नेतृत्व संयुक्त पेट्रोलिंग गस्ती गरेका छन् ।
संयुक्त टोलीले मंगलवार सीमानाकाको तेलियारीको आसपास सुरक्षा व्यवस्था सहित अन्य गतिविधि सम्वन्धा संयुक्त गस्ती गरेको थियो ।
सीमावर्ती क्षेत्रमा लागुऔषधी लगायत आन्य खाद्य्य सामग्री तस्करी, लगायतको सिमा सुरक्षा विषयमा संयुक्त गस्ती अभियान चलाएको एक आर्मीले वताए ।
संयुक्त पेट्रोलिंग गस्तीमा एसएसवी र आर्मीका सहायक सब निरीक्षक क्रमश रतन लाल कुमार, सतपाल कुमार गोपाल शर्मा, गोपाल कुमार, कुमार राणा मगर, राम कुमार ताजपुरिया, दिनेश चापागाइ, जयश्री, लोकेश, आनन्द, विजय सहित दर्जनौको सहभागी रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]