विराटनगर, माघ ७ गते । जुनियर जेसिसले विद्यार्थीहरुको बौद्धिक र प्रतिस्पर्धात्क क्षमता विकासको लागि अन्तर विद्यालय जेसिस टेस्टी टेस्टी क्वीज प्रतियोगिता विराटनगरको आरोहन गुरुकुलमा आयोजना गर्ने भएको छ ।
जुनियर जेसिसका अध्यक्ष गौरव कर्णल पत्रकार सम्मेलनका आयोजना गरी २९ औं संस्करणको अन्तर बिद्यालय जेसिस टेस्टी टेस्टी क्वइज प्रतियोगिता गुरुकुलमा माघ ९ गतेदेखि ११ सम्म आयोजना हुन लागेको जानकारी गराए ।
क्वीज कन्टेस्ट प्रतियोगिता २ सामुदायिक विद्यालय र १६ निजी विद्यालय गरी १८ विद्यालयको सहभागीता रहने छ । जसमा पहिलो दिन प्रतियोगितामा समावेश हुने विद्यालयहरु सहिद स्मृति अवासीय विद्यालय, कान्तिपुर सकेण्डरी स्कुल, मोडर्न एरा इग्लिस स्कुल, प्रतिभा सकेण्डरी स्कुल, श्री सत्यनाराणय सकेण्डरी स्कुल, आरम्भ विद्या मन्दिर, दोस्रो दिनको पहिलो राउण्डमा समावेश हुने विद्यालयहरु एभरेष्ट सकेण्डरी स्कुल, सप्तकोशी हाइयर सकेण्डरी इग्लिस स्कुल, स्टार सकेण्डरी स्कुल, जेसि बाल सदन सकेण्डरी स्कुल, एजेलिया इग्लिस बोर्डिङ्ग स्कुल, बुढानिलकण्ठ सकेण्डरी इग्लिस स्कुल रहेका छन् ।
त्यसै दिनको दोस्रो राउण्डमा समावेश हुने विद्यालयलहरु श्री जनता माध्यमिक विद्यालय, तरहरा मोडेल एकेडेमि, देवकोटा पब्लिक सकेण्डरी स्कुल, विकेभीएम, जेम्स इन्टरनेशनल सकेण्डरी बोर्डिङ्ग, अरनिको स्कुल रहेका छन् ।
विद्यार्थीहरुको बौद्धिक र प्रतिस्पर्धात्मक बिकासको लागि २८ वर्ष देखि आयोजना गर्दै आएको प्रतियोगितामा कुनै पनि बिद्यालयलाई काखापाखा नगरी प्रतियोगिता पारदर्शी र निश्पक्ष रुपमा आयोजना गर्दै आएको जुनियर जेसिसका संस्थापक अध्यक्ष डा संदेशलाल दास श्रेष्ठले वताए ।
प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई १५ हजार, दोस्रो हुने विद्यालयलाई १० हजार र तेस्रो हुने बिद्यालयलाई ५ हजार प्रदान र प्रमाणपत्र प्रदान गर्ने जुनियर जेसिसका कर्णले जानकारी गराए ।
सो प्रतियोगितामा सहभागी हुने विद्यालयबाट रजिष्ट्रेशन शुल्क वापत ३ हजार १ सय १ रुपिया लाग्ने छ । वाकी संम्पुर्ण खर्च मुख्य प्रायोजक टेष्टी टेष्टी विस्कुटका उत्पादक काबरा ग्रुपले गर्ने छ । उक्त अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगितामा गर्न ३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]