विराटनगर, माघ ५ गते । १० औं इन्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्प्यनसिप २०२५ प्रतियोगितमा भारतलाई हराउँदै नेपाल प्रथम स्थान हात पार्न सफल भएको छ ।
विराटनगरको दिल्ली पब्लिक स्कुलको प्रांगणमा भएको सो प्रतियोगितमा भारतलाई हराउँदै नेपाल प्रथम भएको हो ।
सो प्रतियोगितमा भारतको हिमाचल, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ जना छात्र–छात्रा खेलाडीहरु समावेश भएका थिए । त्यसैगरी नेपालको विराटनगरका ५ वटा विद्यालयका ५६ जना छात्र–छात्रा खेलाडीहरुको सहभागीता रहेको थियो ।
विभिन्न उमेर समूहमा गराईएको स्केटिङ्ग प्रतियोगितामा नेपालले २७ स्वर्ण, १४ रजत र १३ कास्य प्राप्त गरी प्रथम भएको छ । त्यसैगरी भारत २४ स्वर्ण, १६ रजत र १७ कास्य प्राप्त गरी दोस्रो भएको छ ।
प्रतियोगिताको समुद्घाटन जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमरीयाले दियोमा बत्ती बालेर समुद्घाटन गर्दै, स्पोर्टले व्यक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै स्वास्थ्य र स्वस्फुर्त बनाई छोटो समयमा देशको र आफ्नो नाम समेत विश्व सामु चम्काउन सक्ने विधा भएको वताए ।
विशिष्ठ अतिथि खेलकुद विकास समिति मोरंग जिल्लाका अध्यक्ष इन्द्र लामा, दिल्ली पब्लिक स्कुलका प्रधानाध्यापक वि.वि लिम्बु, भारतका टीम संयोजक पवन अग्रवाल रहेका थिए । सोही अवसरमा कराँतेको खेलाडीहरुले खेल प्रदर्शन समेत गरेका थिए ।
स्केटीङ्ग एण्ड स्केटवोर्ड एशोसिएसन मोरंग जिल्ला अध्यक्ष सुरज कामतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]